|
 |
संबिधान सभा अन्र्तगतको कार्यब्यवस्था परार्मश समितीले एकिकृत माओबादीका तर्फबाट सभासद् बनेका दुई जना र नेपाली जनता दलका सभासद् एक जना लाई पदबाट हटाउनका लागी छलफल गरी प्रतिबेदन बुझाउन पाच सदस्सीय छानविन उपसमिती गठन गरेको छ । एकिकृत माओबादीका दुई सभासद् द्धय मातृका यादव र जगत प्रसाद यादवलाई सभसद् पदबाट हटाउनकालागी उजुरि परेपछि आज कार्यब्यवस्था परार्मश समितीले आफ्नो कारबाहि प्रकि्रया शुरु गरेको हो । समितीको आज सिहदरबारमा संबिधान सभाका अध्यक्ष सुवास नेम्बाङको अध्यक्षतामा बसेको बैठकले त्यस बिषयमा प्रतिवेदन तयार पार्न उपसमिती बनाएको काग्रेसका मुख्य सचेतक लक्षमण प्रसाद घिमीरेले बताउनु भयो । |
|
|
|
|